नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान ज्ञानेन्द्र मल्ल सहित कारबाहीमा परेका चार खेलाडीले क्यानको कारबाहीका बिषयमा पत्रकार सम्मेलन गरेका छन् । उनीहरुले नेपाल क्रिकेट संघ क्यानले गरेको निर्णय पुनर्विचार गर्न आग्रह गरे । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्ल सहितका खेलाडीले क्रिकेटमा देखिएका सबै समस्याको हल गर्नुपर्ने भन्दै तत्काल संवाद अघि बढाउन क्यानलाई आग्रह गरेका हुन् । मल्लले पत्रकार सम्मेलनमा बोल्दै भने मैले के गल्ती गरे जसका कारण कप्तान बाटै हटाउनु पर्यो ।
कप्तान बनेपछि मलाई लाग्दैन मैले टिमभित्र छुट्टै गुट बनाउनुपर्छ ।क्यानले जे गरेको छ, यति कारबाही हुनुपर्छ जस्तो लाग्दैन । कारबाही र वर्गिकरणको विषयमा पुनर्विचार होस भन्ने चाहन्छौं । क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नआओस भन्दै उनीहरुले यस्तो अवस्था आउन नदिन अपिल गरेका छन् ।
क्यानले यस निर्णयमा पुनर्विचार गरोस् भन्ने चाहन्छौं । हामी सबै एउटै परिवार हौं । एकै ठाउँमा बसेर संवादबाट निकास निकालौ भन्ने चाहेका छौं ।’ मल्लले पत्रकारसँग भने । उनले आफुहरु संवादका लागि तयार रहेको भन्दै क्यानले निर्णय पुनर्विचार गर्न आवश्यक रहेको बताए । मल्लले राष्ट्रिय टिमभित्र आफुले गुट बनाएको आरोप निराधार रहेको बताए ।