काठमाडौं २ पौष । सरकारले तिन जना नेपाली नागरिकको नागरिकता रद्ध गर्ने भएको छ । सरकारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज शुक्रबार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
नागरिकता रद्द हुनेमा सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मी रेहका छन् । उनीहरुको नेपाली नागरिकता रद्ध गरेको जानकारी समेत कार्कीले दिएका छन् ।