काठमाडौं २ पौष । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत भइरहेको खस–आर्यतर्फको सहमहामन्त्रीको मतगणनामा सभापति शेरबहादुर देउवा समुहका किशोरसिंह राठौर निर्वाचित भएका छन् ।
राठोरले २५७६ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । शेखर कोइराला समुहबाट उम्मेदवार दिएका देवराज चालिसेले भने २५५९ मत ल्याउँदै पराजित भएका छन् ।
राठोरले सभापति शेरबहादुर देउवा समुहबाट उम्मेदवारी दिएका थिए ।