कोरोनाले एकै परिवारका तीन जनाको मृत्यु भएपछि परिवार नै उजाडियो, बाँचेका एक मात्र छोरोको पनि अस्पतालमा उपचार हुँदै — OSNepal

कोरोनाले एकै परिवारका तीन जनाको मृत्यु भएपछि परिवार नै उजाडियो, बाँचेका एक मात्र छोरोको पनि अस्पतालमा उपचार हुँदै

LC (KTM) May 29, 2021 0

विराटनगर-कोरोना संक्रमणका कारण विराटनगरमा एकै घरका तीन जनाको निधन भएको छ । विराटनगर–१ स्थित ढुंगाना परिवारका तीन सदस्य चार दिनको बीचमा संक्रमण कारण मृत्यु भएपछि परिवार नै उजाडिएको छ । परिवारका अभिभावक आमा ,छोरा र बुहारीको चारदिनको बीचमा संक्रमणका कारण मृत्यु भएपछि गाँउ नै शोकाकुल बनेको छ ।

परिवारका चार सदस्यमा कोरोना संक्रमण भएपछि ८१ वर्षीय आमा,६२ वर्षीय छोरा र ५९ वर्षीय बुहारी र उनीहरुका छोरा समेतलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर चार दिनको बीचमा उनीहरु मध्ये संक्रमणका कारण मंगलबार छोरा, विहीबार आमा र शुक्रबार बुहारीको मृत्यु भएको छ । अहिले छोराको भने अस्पतालमा उपचार भइरहेको बताइएको छ । बुबाको मृत्यु भएपनि छोरा अस्पतालमा रहेकाले दागवत्ती दिनपनि छोराले नपाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर