सम्पूर्ण सीटहरू जित्ने गरि निर्वाचनमा ध्यान दिन माधव नेपालको नेता तथा कार्यकर्तालाई निर्देशन — OSNepal

सम्पूर्ण सीटहरू जित्ने गरि निर्वाचनमा ध्यान दिन माधव नेपालको नेता तथा कार्यकर्तालाई निर्देशन

LC (KTM) December 17, 2021 0

काठमाडौं २ पौष । नेकपा एकिकृत समाजादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई राष्ट्रिय सभाको चुनावमा ध्यान दिन निर्देशन दिएका छन् ।

शुक्रबार अखिल किसान महासंघको समन्वयमा उद्धार स्वयंसेवक आवद्ध समाजिक संस्था नेपालले आयोजना गरेको उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा बोल्दै नेपालले यस्तो निर्देशन दिएका हुन् ।

आगामी निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्ने बताएका नेपालले सम्पूर्ण सीटहरू जित्ने गरि आगाडि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

कार्यक्रममा फरक प्रसंगमा उनले देशमा कृषिको प्रचुर सम्भावना भएपनि आत्मनिर्भर हुन नसकेको बताउँदै अघि भनेका छन्, ‘देशका युवाहरूले केही गर्न चाहेका छन्, मेहनती छन्, त्यसलाई कृषिमा लगाएर देशलाई समृद्ध गर्नुपर्छ ।’

जनता नै राजनीतिको केन्द्रबिन्दु रहेको धारणा राख्दै उनले हरेक मानिसले क्षमता अनुसार काम गर्नुपर्ने बताएका छन् । पैसाल कमाउन विदेशै जान पर्ने अवस्था नभएको समेत नेता नेपालले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर