कास्टिंग काउचको सामना गरेको इन्डियन टेलिभिजन अभिनेत्री मर्चेन्टको भनाई, आफूलाई एक अभिनेतासँग रात बिताउन प्रस्ताव भएको खोलीन राज — OSNepal

कास्टिंग काउचको सामना गरेको इन्डियन टेलिभिजन अभिनेत्री मर्चेन्टको भनाई, आफूलाई एक अभिनेतासँग रात बिताउन प्रस्ताव भएको खोलीन राज

LC (KTM) May 29, 2021 0

मनोरञ्जनको क्षेत्रमा काम गर्ने जो कोही महिला या नारीको लागि त्यति सहज छैन । कुनै न कुनै बहानामा उनीहरुमाथि शोषण गर्न खोजीएकै हुन्छन् । अहिले त झन् यस्ता धेरै सेलीब्रेटीहरु खुलेर बाहिर आएका छन् ।

उनीहरुले पनि धेरै ठाउँमा कास्टिंग काउचको सामना गरेको बताउन थालेका छन् । इन्डियन टेलिभिजन अभिनेत्री किश्वर मर्चेन्टले आफूले पनि कास्टिंग काउचको सामना गरेको खुलासा गरेकी छिन्।

मर्चेन्टले एक भारतीय संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा यसबारेमा कुरा गरेकी हुन्। कास्टिंग काउचको बारेमा सोधिएको प्रश्नमा मर्चेन्टले आफूले पनि यसको सामना गरिसकेको र आफूलाई एक अभिनेतासँग रात बिताउन भनिएको खुलाएकी हुन्।

मर्चेन्टले अन्तर्वार्तामा उक्त अभिनेता र निर्माता दुबै चर्चित भए पनि उनीहरुको नाम भने खुलाउन चाहिनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर