नेपाली कांग्रेस : पाँच सहमहामन्त्रीको मत गणना सुरु — OSNepal

नेपाली कांग्रेस : पाँच सहमहामन्त्रीको मत गणना सुरु

LC (KTM) December 17, 2021 0

काठमाडौं २ पौष । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत आज शुक्रबार पाँच ‘क्लस्टर’का सहमहामन्त्रीको मत गणना सुरु भएको छ । अहिले ११ बजे देखि सुरु भएको मतगणनामा खस–आर्य, मधेसी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रको तर्फका उम्मेदवारहरु रहेका छन् ।

पाँच सहमहामन्त्री लागि भइरहेको मतगणनामा खस आर्य सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट किशोरसिंह राठौर र शेखर कोइराला समूहबाट देवराज चालिसेको उम्मेदवार रहेको छ । यसैगरी ,थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र कोइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार रहेका छन्।

त्यसैगरी , मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र कोइराला समूहबाट शेख वकिल उम्मेदवार रहेका छन्। पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, कोइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार छन् ।

काँग्रेसमा क्लस्टर अनुसार ८ सहमहामन्त्री निर्वाचित हुनुपर्नेमा हिजा बिहिबार नै महिला, दलित र आदिवासी जनजातितर्फबाट सहमहामन्त्री क्रमश महालक्ष्मी उपाध्याय ‘डिना’,जीवन परियार र भिष्मराज आङ्दाम्बे निर्वाचित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर