गत बर्ष भन्दा खेलकूदलाई अलि बढि प्राथमिकता , कुल २ अर्ब ७४ करोड बजेट बिनियोजन — OSNepal

गत बर्ष भन्दा खेलकूदलाई अलि बढि प्राथमिकता , कुल २ अर्ब ७४ करोड बजेट बिनियोजन

LC (KTM) May 29, 2021 0

सरकारले यस पटक भने खेलकूद क्षेत्रलाई अलि बढि प्राथमिकतामा राखेको छ । गत बर्षको तुलनामा खेलकूद क्षेत्रलाई ३८ करोड बढि रकम बिनियोजन गरेको हो । नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई कुल २ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आर्थिक वर्ष ०७८÷७९ को बजेट सार्वजनिक गर्दै युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड बजेट विनियोजना गरिएको जानकारी दिएका हुन् ।

चालु आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड बजेट विनियोजन गरिएको थियो । यसपटकको बजेटमा खेलकूद क्षेत्रको पुर्वाधार निर्माणलाई नै अलि बढि प्राथमिकतामा राखिएको अर्थमन्त्री पौडेलले बताए ।

सधै बिबादको घेरामा रहेको आदीबासी रंगशालाको बिकल्पमा अघि सारिएको झापाको दमकमा निर्माणाधीन मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालालाई २ वर्ष भित्रमा सञ्चालनमा ल्याइने पौडेलले बताए ।

त्यस्तै क्रिकेटलाई पनि प्राथमिकतामा राखेको छ यसपालीको बजेटले । मोरङको बैजनाथपुर, दाङको लमही, रुपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज, कञ्चनपुरको महेन्द्रनगर र काठमाडौंको मूलपानीमा क्रिकेट मैदान सम्पन्न गर्नका लागि आवश्यक बजेट छुट्ट्याइएको छ ।

इटहरी, जनकपुरधाम, वीरगन्ज, वीरेन्द्रनगर, नेपालगन्ज र धनगढीमा प्रादेशिक रंगशालाको निमार्ण अगाडि बढाइनेछ । सोलुखुम्बु, सिन्धुपाल्चोक, जुम्ला, मनाङ र मुस्ताङमा हाइ अल्टिच्युट स्पोर्ट्स सेन्टर निमार्ण गर्न आवश्यक पर्ने रकम विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर