नेपालले आफ्नो अन्तिम डिसेम्बर १९ मा भारतविरुद्ध खेल्नेछ । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले भोली आफ्नो तेस्रो खेलमा भुटान संग प्रतिष्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल बंगलादेशको ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । भुटानविरुद्ध मैदानमा उत्रदा नेपालले जित निकाल्नु अबिार्य जस्तै रहेको छ ।
प्रतियोगितामा शीर्ष पाँच टिम सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा खेलाइदैछ । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।प्रतियोगिता अन्तर्गत लगातार दुई खेल जितेको भारत ६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । आयोजक बंगलादेशले र नेपालले समान दुई खेल खेल्दा चार–चार अंक जोडेका छन् ।
यता भुटानले तीन खेलबाट ३ अंक जोडेको छ र फाइनलको सम्भावना कायमै राखेको छ । नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । नेपालले आफ्नो अन्तिम खेलमा डिसेम्बर १९ मा भारतविरुद्ध प्रतिष्पर्धा गर्ने भएको छ ।