दमक जेसिज अनलाईन चेस प्रतियोगिता को उपाधि भक्तपुरका युवा खेलाडी निकेन कुसथालाई — OSNepal

दमक जेसिज अनलाईन चेस प्रतियोगिता को उपाधि भक्तपुरका युवा खेलाडी निकेन कुसथालाई

LC (KTM) May 29, 2021 0

दमक जेसिज अनलाईन चेस प्रतियोगिताू को उपाधि भक्तपुरका युवा खेलाडी निकेन कुसथा ले जितेका छन्। उनले ९ चरण को प्रतियोगितामा अपराजित रहदै ७.५ अंकका साथ उपादी माथि कब्जा जमाए

उनले अन्तिम चारण को खेल मा कृष्ण थापा लाई पराजित गरेका थिए। त्यस्तै दोश्रो स्थानमा लम्जुंङ का अर्जुन घिमिरे ७.५ अंक जोडे पनि निकेन संग टाईब्रेक मा पछी परे, त्यस्तै तेश्रो स्थान मा हेटौडाका क्यान्डीडेट मास्टर कृष्ण थापा ले कब्जा जमाए।

चौथो देखि दशौ सम्म क्रमशः बद्रि लाल नेपाली, सुरबीर लामा, सुश्रुत दाहाल, सुमन राई, ँः क्षितिज भण्डारी, रंजित राई, र बिजेश्वर सेवाचार्य रहन सफल भए।त्यस्तै महिला तर्फ को उपादी ध्ँः सुजना लोहनी, सिनियर ५० बर्ष माथि को उपादी पुर्ब नेपाल चयाम्पीयन पुन्यमान कर्माचार्य ले जित्न सफल भए।

प्रतियोगिता दमक जेसिज को आयोजना तथा प्राबिधिक सहयोग डाईनामिक चेस एकाडेमी दमकको रहेको थियो। प्रतियोगितामा जम्मा ७० जना को सहभागिता रहेको पूर्व नेपाल च्याम्पियन भुपेन्द्र निरौला निरजले जान कारी दिए ।

दमक जेसीज २०२१ का अध्यक्ष सुयोग खरेलले आउने दिनमा पनि दमक जेसिजले यस्ता प्रातियोगितालाई निरन्तरता दिने बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर