सभापति देउवाको भन्दा बढी सानदार मत ल्याएर महामन्त्रीमा निर्वाचित भए गगन थापा — OSNepal

सभापति देउवाको भन्दा बढी सानदार मत ल्याएर महामन्त्रीमा निर्वाचित भए गगन थापा

LC (KTM) December 16, 2021 0

काठमाडौं १ पौष । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत महामन्त्री पदमा निकै धेरै मत ल्याएर नेता गगन थापा निर्वाचित भएका छन् ।

शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवार दिएका थापाले कुल ४ हजार ६८२ मतमध्ये ३ हजार २३ मत प्राप्त गरी बहुमतले विजयी भएका हुन् ।

सभापतिमा निर्वाचित भएका शेरबादुर देउवाको भन्दा बढी मत ल्याएर थापा निर्वाचि भएका हुन् । अहिले सम्म भएको सभापति उपसभापतिको मत भन्दा धेरै मत ल्याई थापा विजयी भएका हुन् । देउवाले सभापतिमा २७३३ मत ल्याएर निर्वाचित भएका थिए ।

अर्का नेता प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका विश्वप्रकाश शर्माले १९ सय ८४ मत ल्यार्य महामन्त्रीमा निवार्चित भएका छन् ।

त्यसैगरी , महामन्त्रीमा उम्मेदवार दिएका प्रकाशशरण महतले १५ सय ५०, प्रदीप पौडेलले १४ सय ९, डा. मिनेन्द्र रिजालले ८०९ मत र राजाराम कार्कीले १०७ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर