१८४ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा २६७ जना भए निको — OSNepal

१८४ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा २६७ जना भए निको

LC (KTM) December 16, 2021 0

काठमाडौं १ पौष । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २१ हजार ०७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २६७ जना संक्रमित निको भएका छन् । भने २ जना संक्रमितको भने मृत्यु भएको छ ।

योसँगै नेपालमा आज सम्म कोरानाबाट ज्यान ग्ुमाउने संख्या हुनेको संख्या ११ हजार ५६७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर