गगन र विश्वप्रकाशसँग महामन्त्रीमा नमज्जाले हारेका मिनेन्द्र रिजालले दिए रक्षामन्त्रीबाट राजीनामा — OSNepal

गगन र विश्वप्रकाशसँग महामन्त्रीमा नमज्जाले हारेका मिनेन्द्र रिजालले दिए रक्षामन्त्रीबाट राजीनामा

LC (KTM) December 16, 2021 0

काठमाडौं, १ पुस – नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा पराजय भएसँगै डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिएका छन् ।

महामन्त्रीमा पराजय भएपछि रक्षामन्त्रीमा रहिरहनु नैतिक रुपमा उपयुक्त नभएको भन्दै उनले राजीनामा दिएको जनाएका छन् । उनले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएका छन् ।

मत गणनाको प्रारम्भिक नतिजामा आफू पछि परेसँगै उनले राजीनामा दिने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर