कांग्रेस महामन्त्रीमा शानदार मत ल्याएर बिजयी भए गगन थापा र विश्वप्रकाश शर्मा — OSNepal

कांग्रेस महामन्त्रीमा शानदार मत ल्याएर बिजयी भए गगन थापा र विश्वप्रकाश शर्मा

LC (KTM) December 16, 2021 0

काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्रीमा लोकप्रिय नेताद्धय गगन थापा र विश्वप्रकाश शर्माले बाजी मारेका छन् ।

बिहिबार बिहानबाट सुरु भएको महामन्त्री पदको गणनामा थापा र शर्मा विजयी भएका हुन् । नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गतको महामन्त्रीको नतिजामा थापा सर्वाधिक मत ३०२३ सहित महामन्त्री चुनिँदा शर्मा दोस्रो धेरै मत १९८४ ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

थापा र शर्मासँगै महामन्त्री पदका लागि डा।प्रकाशशरण महत, प्रदीप पौडेल, डा। मिनेन्द्र रिजाल र राजाराम कार्की चुनावी मैदानमा उत्रिएको भएता पनि उनीहरु पराजित हुन पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर