२२२१ मत गन्दा गगनलाई १४५६, पछिपछि विश्वप्रकाश — OSNepal

२२२१ मत गन्दा गगनलाई १४५६, पछिपछि विश्वप्रकाश

LC (KTM) December 16, 2021 0

काठमाडौं, १ पुस – नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार २२२१ मत गन्दा थापाले १४५६ र विश्वप्रकाशले ८९७ मत ल्याएर अग्रता कायम राखेका छन् ।

उनीहरूलाई पछ्याएका प्रकाशशरण महतले ७२८, प्रदीप पौडेलले ६४५, मिनेन्द्र रिजालले ३८३ र राजाराम कार्कीले ६१ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर