काठमाडौं, १ पुस-नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू सम्मिलित माल्दिभ्सको माजिया स्पोर्टस् रेक्रियसन क्लबले यस सिजनको च्यारिटी सिल्डको उपाधि जितेको छ ।
माल्दिभ्सको मालेमा भएको खेलमा माजियाले क्लब भ्यालेन्सियालाई ५-० अन्तरले पराजित गरेको हो ।
सिजनको पहिलो खेल खेलेका किरणले प्लेइङ सेटमै खेलेका थिए । यसअघि भारतीय आईलिग खेलेका किरणले सम्झौता समाप्त भएसँगै माजियामा अनुबन्ध भएका हुन् । माल्दिभ्समा किरणले यसअघि टिसी स्पोर्टस्बाट खेलेका थिए ।
माजियाले खेलमा पूर्ण हाबी हुँदै चौथो पटक च्यारिटी सिल्डको उपाधि जितेको हो । कीर्तिमान कायम गर्ने क्रमम माजियाले सन् २०१५, २०१६, २०१७ र २०२१ यो उपाधि हात पार्याे ।