दुई मतले हारेपछि निर्वाचन समिति गुहारे गच्छदारले — OSNepal

दुई मतले हारेपछि निर्वाचन समिति गुहारे गच्छदारले

LC (KTM) December 16, 2021 0

काठमाडौं, १ पुस – नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए ।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् ।

महामन्त्रीकाे दुई सिट छ । पूर्णबहादुर खड्का पनि विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर