ओलीको खुलासा : प्रचण्डसँग मिलेर पुर्व राजा ज्ञानेन्द्रले माघ १९ मा शासन हातमा लिई दुईबिच गोप्य पाँच बुँदे सहमति भएको — OSNepal

ओलीको खुलासा : प्रचण्डसँग मिलेर पुर्व राजा ज्ञानेन्द्रले माघ १९ मा शासन हातमा लिई दुईबिच गोप्य पाँच बुँदे सहमति भएको

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पुर्व राजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ भएको आरोप लगाएका छन् ।

बुधबार पार्टीको केन्द्रिय सदस्यमा मनोनीत सदस्यहरुलाई शपथ ग्रहण गराउँदै यस्तो खुलासा गरेका हुन् । प्रचण्डसँगको साँठगाँठले पुर्व राजा ज्ञानेन्द्रले माघ १९ मा शासन आफ्नो हातमा लिएको ओलीको आरोप रहेको छ ।

‘माघ १९ मा ज्ञानेन्द्र र प्रचण्डबीच सहमति भएर त्यो उपद्रव भएको थियो ।’ ओलीले भने । बाहिर राष्ट्रियताको कुरा, भित्र प्रतिक्रियावादीसँग साँठगाँठ’ गर्ने भन्दै गर्जिएका ओली त्यसपछि दुवैबिच पाँच बुँदे सहमति भएको दावी गरेका छन् ।

‘के सहमति भएको थियो, कि ज्ञानेन्द्रले भन्नुपर्यो, कि प्रचण्डले भन्नुपर्यो । कसका विरुद्ध सहमति भएको थियो ?’ ओलीले भने ।

सहमति भएलगत्तै ज्ञानेन्द्रले रोल्पा, रुकुम जिल्लामा समेत अभिनन्दन कार्यक्रम गरेको समेत ओलीले खुलासा गरेका छन् ।

‘लोकतान्त्रिक शक्ति रुकुम रोल्पा पाइलो टेक्न नसक्ने, नेताहरु जान नपाउने, त्यहाँ भएका नेता मारिने । ज्ञानेन्द्र जाने र त्यहाँ धुमधाम स्वागत गर्ने,’ ओलीले भने ।

प्रचण्ड प्रति आक्रोशित बनेका ओलीले भने , ‘बाहिर क्रान्तिको कुरा, बाहिर राष्ट्रियताका कुरा, बाहिर एक खालका परिवर्तनका कुरा, भित्रभित्र प्रतिक्रियावादी साँठगाँठ,’यसको शिकार नेपाल हुने गर्यो र हामी अहिले पनि त्यसको मार खाइरहेका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर