प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर ओलीको खण्डन : चन्दा नपाएको रिसमा प्रचण्डले शेयर बजारप्रति रिस पोखे — OSNepal

प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर ओलीको खण्डन : चन्दा नपाएको रिसमा प्रचण्डले शेयर बजारप्रति रिस पोखे

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुुुुष्पकमल दाहाल प्रचण्डले शेयर बजारबारे दिएको माथि अभिव्यक्तिको आलोचना गरेका छन् ।

केहि दिन अगाडी अध्यक्ष प्रचण्डले पुँजीको लगानी पुजीमै अर्थात् शेयर बजारमै हुनु भनेको साम्राज्यवादको विकसित रुप रहेको भनी एक अभिव्यक्ति दिएका थिए । सोही विषयलाई लिएर ओलीले प्रचण्डले चन्दा नपाएको रिस पोखेको बताएका छन् ।

‘कुन चैँ सेयर कारोबारीले चन्दा दिएन होला र त्यर्सको रिसमा प्रचण्डले गलत बोले ।’ ओलीले भने । लाखौँ लगानीकर्ता भएको नेपाली पुँजी बजारबारे प्रचण्डले हचुवा भरमा बोलेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर