प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग — OSNepal

प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग

LC (KTM) December 15, 2021 0

जनकपुरधाम २९ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद जितेन्द्र सोनलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । आज बुधबार प्रदेशसभाको बैठकमा सांसद सोनलले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन् ।

बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल वितरणमा ‘अख्तियार प्रमुखले साइकल खरीदको कागजात हेर्दा पहिलो चरणमा भ्रष्टाचार भएको भनिसकेको अवस्थामा राउतले राजीनामा दिनुपर्ने भन्दै उनले बैठकमा भनेका हुन् ।

मुख्यमन्त्री राउतले भनेको कुरा स्मरण गदाउँदै उनले भने , ‘अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापामारी गरेर कागजात लिएपछि मुख्यमन्त्रीजीले प्रदेशसभाकै बैठकमा अलिकति दोषी देखिए मार्ग प्रशस्त गर्छु भन्नुभएको थियो’

यसबारे के भन्नुहुन्छ मुख्यमन्त्रीज्यू ?’ सोनलले प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर