मतदाताको मन र मत परिवर्तन नभएसम्म देश परिवर्तन हुँदैन : रवीन्द्र मिश्र — OSNepal

मतदाताको मन र मत परिवर्तन नभएसम्म देश परिवर्तन हुँदैन : रवीन्द्र मिश्र

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मतदाताको मन र मत परिवर्तन नभएसम्म देश परिवर्तन नहुने बताएका छन् ।

नेता मिश्रले नेपाली कांग्रेसको १४ ओं माधिवेशनमा निवार्चित भएका शेरबहादुर देउवालाई लिएर यस्तो टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् ।

सबै दलका नेताहरुको बधाईतथा शुभकामना दिइरहँदा मिश्रले भने देउवालाई बधाई दिनुको सट्टा देउवालाई भोट दिने प्रतिनिधिमाथि टिप्पणी गरेका छन् ।

पछिल्लो समय नेता मिश्र संघीयता र धर्मनिरपेक्षताबारे जनमतसंग्रहको वकालत गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर