काठमाडौं २९ मंसिर । लोक सेवा आयोगले ठुलो संख्यामा शाखा अधिकृतका लागि विज्ञापन खुलाएको छ ।
कर्मचारी समायोजनको विवाद भइरहँदा आयोगले बुधबार न्याय सेवाको कानून, न्याय तथा सरकारी वकिलतर्फ ७० गरी कूल २८४ जना अधिकृतको विज्ञापन गरेको हो ।
कर्मचारी समायोजनसम्बन्धी विवादहरुको एकमुष्ट सुनुवाइका लागि विहीबार अदालतले पेशी तोकिएको छ ।
आज प्रकाशित गरिएको पदहरुको आगामी माघ २९ गते प्रारम्भिक परीक्षा हुने समेत जानकारी गराइएको छ ।