देउवाजीको भाग्य ठुलो रहेछ, प्राविधिक रुपमा सभापति बन्नुभयो : रामचन्द्र — OSNepal

देउवाजीको भाग्य ठुलो रहेछ, प्राविधिक रुपमा सभापति बन्नुभयो : रामचन्द्र

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै समुहबाट धोका भएको बताएका छन् ।

शेरबहादुर देउवालाई सभापति बनाउन सबैको प्रपञ्चमा आफूलाई किनारा लगाएको आरोप लगाएका पौडेलले शेरबहादुरजीको विजय शेखर कोइराला, प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधिलगायतका साथीहरुले ‘म पनि सभापति, म पनि सभापति’ भन्ने भ्रम सिर्जना गर्नुको परिणाम भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को एक कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘शेरबहादुरजीलाई पार्टी सभापतिमा पुनःस्थापित गराउने डिजाइनअन्तर्गत हाम्रो समूहभित्रै फाटो र अलग अलग धार सिर्जना गरियो । परिवर्तन र अग्रगमनको पक्षमा उठेको आवाज सुन्न हाम्रै साथीहरु तयार हुनुभएन ।’ उनले कार्यक्रममा भने ।

उक्त कार्यक्रममा नेता पौडेलले दोस्रो पटक निवार्चित सभापति देउवालाई बधाई दिँदै देउवाको नेतृत्वले मात्र कांग्रेसलाई नपुग्ने भन्दै नेतृत्व र कार्यशैलीमा सुधार आवश्यक र कांग्रेसभित्र सैद्धान्तिक स्पष्टता, वैचारिक मन्थन र अन्तर्दृष्टि आवश्यक रहेको बताएका छन् ।

‘ उहाँको भाग्य ठूलो रहेछ । प्राविधिक रुपमा शेरबहादुरजी सभापति बन्नुभएको छ ।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर