देउवा जितको नजिक , ३ हजार ६३ मत गन्दा देउवाको १८ सय ४४ , कोईरालाको ११ सय ९५ मात्रै — OSNepal

देउवा जितको नजिक , ३ हजार ६३ मत गन्दा देउवाको १८ सय ४४ , कोईरालाको ११ सय ९५ मात्रै

LC (KTM) December 14, 2021 0

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतदानको मत गणना सकिनै लाग्दा शेर बहादुर देउवा जितको नजिक पुगेका छन् । जम्मा ४ हजार ५ सय ६२ मत खसेकोमा अहिले सम्म ३ हजार ६३ मत गनि सकिएको छ । जसमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १८ सय ४४ मत प्राप्त गरेका छन् ।

सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले ११ सय ९५ मत प्राप्त गरेका छन् । २४ मत बदर भएको छ । यस हिसाबले हेर्ने हो भने देउवाले अहिले ६४९ मतले लिड गरिरहेको अवस्था छ । अब केही बेर पछि अन्तिम परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर