घरेलु टोली पाकिस्तानले दोस्रो टी ट्वान्टीमा वेस्ट इन्डिजलाई पराजित गरेको छ । कराँचीमा आज राति सम्पन्न खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनको झिनो अन्तरले हराउन सफल भएको हो ।यस जितसँगै पाकिस्तानले तीन खेलको सिरिज एक खेल अगाबै दुई शुन्यले क्लिन स्विप गरेको छ ।
पाकिस्तानले वेस्ट इण्डिजलाई १ सय ७२ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा अलआउट हुँदै १ सय ६३ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका लागि ब्राण्डन किङले ६७ रनको अर्धशतकीय इनिङ्स खेले पनि जिताउन सकेनन्। रोमारियो शेफर्डले अविजित ३५ रन जोड्दा कप्तान निकोलस पुरनले २६ रन बनाए ।
पाकिस्तानका शाहिन शाह अफ्रिदी एक्लैले ३ विकेट चड्काए । यस्तै मोहमद नवाज, मोहमद वासिम र हरिस राउफले समान तीन तीन विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।
पाकिस्तानका इफ्तिखर अहमेदले ३२ रन जोड्दा हेइदर अलीले ३१ रन बनाए । शादब खान २८ रनमा अविजित रहदा फखर जमान १० रनमा आउट भए । वेस्ट इन्डिजका ओडीएन स्मिथले २ विकेट लिए ।