कांग्रेसको सभापतिमा पुनः देउवा आउने लगभग पक्का , १८०० सय मत गन्दा देउवाको १०४० , कोईराला ७४१ मै अल्झिए — OSNepal

कांग्रेसको सभापतिमा पुनः देउवा आउने लगभग पक्का , १८०० सय मत गन्दा देउवाको १०४० , कोईराला ७४१ मै अल्झिए

LC (KTM) December 14, 2021 0

कांग्रेस सभापतिका लागि आज भएको दोस्रो चरणको मतदानको मत गणना कार्य भईरहेको छ । कुल मत संख्या ४५६४ रहेकोमा अहिले सम्मको ताजा अवस्थामा १८०० मत गनिसकिएको छ । १८०० मत गन्दा शेरबहादुर देउवाले १०४० मत पाएका छन्। सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले ७४१ मत पाएका छन्।

दोस्रो चरण मतदानमा ४७४३ मतदातामध्ये ४५६४ जनाले मतदान गरेका छन्। दोस्रो चरणको निर्वाचनमा देउवा र कोइराला प्रतिष्पर्धीको रुपमा रहेका छन् । यसअघिका उम्मेद्धार प्रकाशमान सिंह र बिलेन्द्र निधिले देउवाले सघाउने बचन दिएकोले सभापतिमा पुनः देउवा नै आउने लगभग पक्का पक्कि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर