कांग्रेसको आज भएको निर्वाचनको पहिलो चरणको मत सार्वजनिक , २ सय मत गन्दा देउवा ११२ मत सहित अगाडी — OSNepal

कांग्रेसको आज भएको निर्वाचनको पहिलो चरणको मत सार्वजनिक , २ सय मत गन्दा देउवा ११२ मत सहित अगाडी

LC (KTM) December 14, 2021 0

नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भए संगै राष्ट्रियसभा गृहको माहोल तातिएको छ । यसैक्रममा पहिलो चरणको मत परिणाम सार्वजनिक भएको छ । कांग्रेस सभापतिका लागि भइरहेको मतगणनाअन्तर्गत पहिलो चरणको २०० मत गनि सकिएको छ । २०० मत गन्दा शेरबहादुर देउवाले ११२ मत पाएका छन्।

उनका प्रतिष्पर्धी शेखर कोइरालाले ८७ मत पाएका छन् । १ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। मतगणना राष्ट्रिय सभागृहमा मंगलबार राति साढे ११ देखि सुरु भईरहेको छ । दोस्रो चरणको निर्वाचनमा शेरहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा रहेका छन् । पहिलो चरणमा सभापतिका लागि उठेका ५ उम्मेद्धार मध्ये कसैले पनि बहुमत नल्याएपछि भएको दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको निर्वाचनमा कुल ४५६२ मत खसेको छ ।

अब सभापतिमा निर्वाचित हुन स्पष्ट २२८२ मत चाहिने भएको छ । सोमबारको मतदानमा देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर