कांग्रेसको मतगणना सुरु भए संगै तात्यो राष्ट्रियसभा गृहको माहोल, सभापति बन्न २ हजार २८२ मत चाहिने — OSNepal

कांग्रेसको मतगणना सुरु भए संगै तात्यो राष्ट्रियसभा गृहको माहोल, सभापति बन्न २ हजार २८२ मत चाहिने

LC (KTM) December 14, 2021 0

नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भए संगै राष्ट्रियसभा गृहको माहोल तातिएको छ । पहिलो चरणको मत परिणाम सार्वजनिक हुने बेला समेत भएको छ । अहिले मतगणना कार्य तिब्र रुपमा भईरहेको छ । अबको ३ घण्टा भित्र कांग्रेसले सभापति पाउने भएको छ ।

दोस्रो चरणको निर्वाचनमा शेरहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा रहेका छन् । पहिलो चरणमा सभापतिका लागि उठेका ५ उम्मेद्धार मध्ये कसैले पनि बहुमत नल्याएपछि भएको दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको निर्वाचनमा कुल ४५६२ मत खसेको छ । अब सभापतिमा निर्वाचित हुन स्पष्ट २२८२ मत चाहिने भएको छ ।

सोमबारको मतदानमा देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर