सरकारले आर्थिक वर्ष २०७८र७९ को वार्षिक आयरव्यय विवरण सार्वजनिक गर्दैछ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले अनुमानित १६ खर्ब २० अर्ब जतिको बजेट सार्वजनिक गर्दैछन्। सरकारले कोरोनाविरुद्धको खोपका लागि र २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै नेपाली नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने जानकारी दिनुभयो । सरकारले यसअघि भारतबाट नेपाली सेनाको समेत गरी ११ लाख र चीनबाट अनुदानमा आठ लाख मात्रा खोप ल्याइसकेको छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सि चीन फिङसँग गर्नुभएको टेलिफोन वार्तापछि थप १० लाख मात्र खोप प्राप्त हुने भएको छ ।