सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि — OSNepal

सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि

LC (KTM) May 29, 2021 0

काठमाडौँ, १५ जेठ- सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ वृद्धिको घोषणा गर्नुभएको हो । हाल ज्येष्ठ नागरिक भत्ता मासिक रु तीन हजार रहेको छ । वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो ।

बजेटसम्बन्धी तीन अध्यादेश जारी:- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८ र ‘राष्ट्रऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको हो ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले ती अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आगामी आवको बजेट केही बेरपछि प्रस्तुत गर्ने कार्यक्रम छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर