काठमाडौं २८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदको लागि भएको निवार्चनमा हारेपछि नेता प्रकाशमान सिंह सभापति शेरबहादुर देउवालाई मत माग्न मतदान स्थल पुगेका छन् ।
पहिलो चरणमा सभापति उम्मेदवारहरुले बहुमत ल्याउन नसेकेपछि अहिले दोस्रो चरणको निवार्चन सुरु भएको हो ।
दोस्रो चरणमो निवार्चनमा देउवाको प्रतिद्धन्दी भएर डा. शेखर कोइराला चुनावी मैदानमा उत्रिएका छन् ।
हिजो यति बेला आफ्नो लागि भोट माग्दै गरेका सिंहले २४ घण्टा नबित्दै देउवाको लागि भोट माग्दै हिडेका छन् ।