बाग्मती प्रदेशमा पाँच मन्त्री सहित एक राज्य मन्त्री थप गर्दै गरियो मन्त्रिपरिषद् विस्तार — OSNepal

बाग्मती प्रदेशमा पाँच मन्त्री सहित एक राज्य मन्त्री थप गर्दै गरियो मन्त्रिपरिषद् विस्तार

LC (KTM) December 14, 2021 0

काठमाडौं २८ मंसिर । बाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आज मंगलरबार पाँच मन्त्री सहित एक राज्यमन्त्री थप गरेका हुन् ।

थपिएका मन्त्रीहरुमा घनश्याम दाहाल,बसन्तप्रसाद मानन्धर,वसुन्धरा हुमागाईं,विशाल खड्का,रत्नप्रसाद ढकाल र इन्द्रमाया गुरुङ रेका छन् । गुरुङले कृषि तथा पशुपन्छी राज्यमन्त्रीमा पाएकी छन् ।

त्यसैगरी दाहालले श्रम, रोजगार तथा यातायात मन्त्रालय , मानन्धरले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय , हुमागाईंले कृषि तथा पशुपन्छी मन्त्रालय र खड्काले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

साथै युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल नियुक्त भएका छन् । नवनियुक्त मन्त्री तथा राज्य मन्त्रीले आजै शपथ लिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर