एमाले सांसदहरुको नारावाजीका बाबजुत पनि संसदबाट ६ वटा अध्यादेश पेश, अब अर्को संसद बैठक पौष ६ गते बस्ने — OSNepal

एमाले सांसदहरुको नारावाजीका बाबजुत पनि संसदबाट ६ वटा अध्यादेश पेश, अब अर्को संसद बैठक पौष ६ गते बस्ने

LC (KTM) December 14, 2021 0

काठमाडौं २८ मंसिर । नेकपा एमालेको नारावाजी बिच नै संसद बैठकबाट ६ वटा अध्यादेश पारित भएको छ । बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले सांसदमा नारावाजी गरेका थिए ।

नारावाजीका बाबजुत पनि गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्‍चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गरेका छन् ।

त्यसैगरी कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नै यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले रेल्वे अध्यादेश पेश गर्न अनुमति दिए पछि मात्र बडुले अध्यादेश पेश गरेका हुन् । अब संसदको अर्को बैठक पौष ६ गते बसने गरी स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर