काठमाडौं २८ मंसिर । डा . शेखर कोइराला सभापति पदको लागि हुने दोस्रो चरणको निवार्चनमा परिणाम जे आए पनि स्वीकार गर्न तयार भएका छन् ।
अहिले साढे ३ बजेबाट सुरु हुने निवार्चनमा वर्तमान सभापति शेरबहादुर देउवासँग चुनावी मैदामा उत्रिन तयार भएका कोइराला र देउवा बिच पहिलो चरणमा छ सय भन्दा बढी मतान्तर रहेको छ ।
पत्रकार सम्मेलन गर्दे कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई अपील समेत गरेका छन् । ‘आफ्नो विवेक प्रयोग गर्नुस्, आफ्नो अन्तर आत्माले के भन्छ, त्यो भोटमा प्रतिविम्बित गर्नुस् ।’ उनले भने ।