सदन चल्न नदिने गरी एमाले संसदीय दलले रणनीति बनाउँदै — OSNepal

सदन चल्न नदिने गरी एमाले संसदीय दलले रणनीति बनाउँदै

LC (KTM) December 14, 2021 0

काठमाडौं, २८ मंसिर – नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

उनका अनुसार बैठकमा मंगलबारबाट सुरु हुन लागेको संसदको १०औँ अधिवेशनका बैठक पार्टीका तर्फबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।

पदीय मर्यादाविपरीत एमाले विभाजनमा भूमिका खेलेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै आएको एमाले सांसदहरुले संसद बैठकमा अवरोध सृजना गर्ने गरी रणनीति बनाउने देखिन्छ । संसदको नवौँ अधिवेशन पनि एमाले सांसदको विरोध र नाराबाजीमै सकिएको थियो ।

सरकारको सिफारिसमा यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे बस्ने गरी संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर