अन्तिम समयमा ओलीले नेपाल समुहलाई गरे यस्तो आग्रह — OSNepal

अन्तिम समयमा ओलीले नेपाल समुहलाई गरे यस्तो आग्रह

LC (KTM) May 10, 2021 0

काठमाडौं २७ बैशाख । नेकपा (एमाले( का अध्यक्ष समेत रहेका प्रधानमन्त्री  केपी शर्मा ओलीले अन्तिम समयमा आएर बसेर छलफल गर्रौ भनेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो पार्टीका सबैलाई मतदान गर्न दलको तर्फबाट आग्रह गरेका हुन् ।

उनले भनेका छन्,आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।”

 

प्रधानमन्त्री ओलीले लेखेका छन्ने,कपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ ।त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ। यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर