कांग्रेस सभापतिका तीन उम्मेदवारले ८ प्रतिशत मत पनि पुर्‍याउन सकेनन्, गुरुङको अवस्था लज्जास्पद — OSNepal

कांग्रेस सभापतिका तीन उम्मेदवारले ८ प्रतिशत मत पनि पुर्‍याउन सकेनन्, गुरुङको अवस्था लज्जास्पद

LC (KTM) December 14, 2021 0

काठमाडाैं, २८ मंसिर – नेपाली कांग्रेस सभापतिमा पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा कुनै पनि उम्मेदवारले बहुमत अर्थात ५० प्रतिशत मत कटाउन नसक्दा पुन: दाेस्राे चरणकाे चुनाव हुँदैछ ।

कांग्रेस विधान अनुसार सभापतिका लागि ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यदि ५० प्रतिशत नकटेमा पहिलाे र दाेस्राे हुने उम्मेदवारबीच दाेस्राे चरणमा चुनाव हुने व्यवस्था छ । मंगलबार बिहान सार्वजनिक मतपरीणाम अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले थप ८३ मत ल्याउन नसक्दा दाेस्राे चरणकाे चुनाव हुने भएकाे हाे ।

सभापतिका लागि कुल ४ हजार ६८१ मत खसेको थियाे । जसमा ७७ मत बदर भएको छ । मतपरीणाम अनुसार देउवाले २ हजार २५८ अर्थात ४८.२३ प्रतिशत मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धी शेखर काेइरालले १ हजार ७२९ अरथात २६.९३ प्रतिशत मत पाएका छन् ।बाँकी तीन उम्मेदवारले ८ प्रतिशत मत पनि पुर्‍याउन सकेका छैनन् । प्रकाशमान सिंहले ३ सय ७१ अर्थात् ७.९२ प्रतिशत मत पाउँदा विमलेन्द्र निधिले २४९ अर्थात् ५.३१ प्रतिशत मतमा चित्त बुझाएका छन् ।

सभापतिका अर्का प्रतिस्पर्धी कल्याण गुरुङले जम्मा २० मत प्राप्त गरेका छन् । जुन ०.०४ प्रतिशत मात्र हाे । देउवा र काेइरालाबीच दाेस्राे चरणमा चुनाव हुने भएपछि निर्वाचन समिति आन्तरिक तयारीमा जुटेकाे छ । मतदानकाे समय तय भइसकेकाे त छैन तर आज मंगलबार नै मतदान हुने भनिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर