काठमाडौं २८ मंसिर । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापति पदको लागि दोस्रो चरणको निवार्चन हुने भएकोछ ।
आज मंगलबार हुने निवार्चनमा भने शेरबहादुर देउवा र शेखर कोइरालाबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । दोस्रो चरणको मतदान विमलेन्द्र निधिले कोइरालाई सघाउने सम्भावना बढेको छ ।
साथै देउवालाई समर्थन गर्न भन्दै गृहमन्त्री बालकृष्ण खाँड यति बेला प्रकाशमान सिंहको निवास पुगेका छन् । निधि पनि आफ्नो आन्तरिक छलफलमा जुटेका छन् । उनले नेता सिंहसँग छलफल गरेर मात्र आफु एउता निर्णयमा पुग्ने बताएका छन् ।
सभापतिको पदको लागि भएको पहिलो निवार्चनमा देउवाले २२५८ मत ल्याएका छन् भने,कोइरालाले १७४० मत ल्याएका छन् ।