नेपाली कांग्रेस सभापतिका लागि देउवा र कोइरालाबीच आजै चुनावको तयारी — OSNepal

नेपाली कांग्रेस सभापतिका लागि देउवा र कोइरालाबीच आजै चुनावको तयारी

LC (KTM) December 14, 2021 0

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच आज मंगलबार चुनाव हुने भएको छ । सभापतिका पाँच उम्मेदवार रहे पनि पहिलो चरणमा कसैले पनि बहुमत पुर्‍याउन नसकेपछि पहिलो र दोस्रोमा रहेका क्रमशः देउवा र कोइरालाबीच दाेस्राे चरणमा चुनाव हुने भएको हो ।

कांग्रेस निर्वाचन समितिका निर्वाचन अधिकृत एगराज पोखरेलले दोस्रो चरणको मतदानका लागि छलफल सुरु गरिएको बताए । मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइएको काम पनि तत्काल सुरु हुने उनले बताए ।

आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार देउवाले ८३ मत पुर्याउन नसक्दा दोस्रो चरणको चुनाव तय भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर