शेखरले ११७८ मत पाउँदा देउवाले कति ल्याए ? यस्तो छ पछिल्लो अपडेट — OSNepal

शेखरले ११७८ मत पाउँदा देउवाले कति ल्याए ? यस्तो छ पछिल्लो अपडेट

LC (KTM) December 14, 2021 0

काठमाडौं, २८ मंसिर- नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ । सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइराला पछ्छाइरहेका हुन् ।

निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार १ सय ८१ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १५०६ मत प्राप्त गरेका छन् । कोइरालाले ११७८ मत पाएका छन् । यसैगरी, प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरुङले १५ मत मात्र प्राप्त गरेका छन् ।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर