काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मतदान सकिएको छ । केन्द्रीय निर्वाचन समितिले सभापति पदको मतगणनाको तयारी गरेको छ ।
मतगणनाको तयारी भइरहँदा नेताहरु मतदानस्थलमा पुगेका छन् । गृहमन्त्री बालकृष्ण खाड, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, युवा नेता गगन थापा राष्ट्रिय सभा गृहस्थित मतगणना हुने स्थानमा बसिरहेका छन् ।
गगन थापा आफ्नो पक्षको प्रतिनिधि खटाउनेदेखि कुन पदमा कति मत आउँला भनेर आंकलनमा लागेका छन् भने गृहमन्त्री खाड मतगणनाको सुरक्षाका विषयमा चासो राखिरहेका छन् ।
नेता थापाले आचारसंहिता बनाएर फर्किने बताएका छन् । सभापति पदको मतगणनाका लागि सभागृहका साथै भृकुटीमण्डपको मतपेटिका ट्यांकी समेत मतगणना स्थलमा ल्याइएको छ ।
१२ बजे सकिएको मतदानमा चार हजार ६७९ मत खसेको छ ।