काँग्रेस महाधिवेशन : मतदान सकिएको पाँच घण्टापछि सभापतिको मतगणना सुरु गर्दा जे देखियो, हेर्नुहोस् यि दृश्यहरु — OSNepal

काँग्रेस महाधिवेशन : मतदान सकिएको पाँच घण्टापछि सभापतिको मतगणना सुरु गर्दा जे देखियो, हेर्नुहोस् यि दृश्यहरु

LC (KTM) December 14, 2021 0

काठमाडौं, २८ मंसिर – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । मतदान सम्पन्न भएको पाँच घण्टापछि सोमबार बिहान साढे चार बजे मतगणना सुरु भएको हो ।

आइतबार बिहान ११ बजेदेखि राति साढे ११ बजेसम्म मतदान भएको थियो । चार हजार ६८० जना प्रतिनिधिले मतदान गरेका थिए । कुल चार हजार ७४३ प्रतिनिधि छन् ।

निर्वाचन समितिका प्रमुख गोपालकृष्ण श्रेष्ठले सभापति पदको मतगणना सुरु भएको जानकारी दिए । उनकाअनुसार मतगणना सकिन कम्तिमा साढे ३ घण्टा लाग्नेछ ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ । सभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् ।

यसैगरी केन्द्रीय निर्वाचन समितिले उपसभापतिसहित बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको मतपेटिका केन्द्रीय कार्यालय सानेपा पुर्‍याएको छ । राष्ट्रियसभा गृह र भृकुटीमण्डपबाट ८४ वटा ट्यांकी सबै उम्मेदवारका प्रतिनिधिसहित कडा सुरक्षाका बीच सानेपा लगिएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर