कांग्रेस महाधिबेशनको मतदान सम्पन्न , सभापतिको मतगणना केही बेरमै सुरु हुदै — OSNepal

कांग्रेस महाधिबेशनको मतदान सम्पन्न , सभापतिको मतगणना केही बेरमै सुरु हुदै

LC (KTM) December 13, 2021 0

अहिले सबैको चासो रहेको नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गतको मतदान कार्य सम्पन्न भएको छ । आज बिहान ११ बजेबाट सुरू मतदान राति साढे ११ बजे सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । यसअघि साढे १० बजेसम्म मतदान सम्पन्न हुने भनिएकोमा एक घन्टा समय थपिएको थियो।

महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ प्रतिनिधीले मत खसालेका छन्। अहिले मुचुल्का उठाउने कार्य पनि सम्पन्न भईसकेको समितिले जनाएको छ । यसका लागि उम्मेदवारका प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेका छन् । मुचुल्का उठाई सकिएको र अब केही बेर पछि नै मतगणना सुरू गरिने निर्वाचन समितिले जनाएको छ।

सुरुमा सभापतिका उम्मेद्धारहरुको मात्रै मत गणना हुने भएको छ । जम्मा मतदाताको मतको ५१ प्रतिशत पुर्‍याउने व्यक्ति सभापति निर्वाचित हुने प्रावधान रहेको छ । तर ५१ प्रतिशत मत नपुगेमा सभापतिका लागि दोस्रो चरणको मतदान हुनेछ। महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ गरी पाँच जना उम्मेद्धारका रुपमा उठेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर