एक करोड खोप किन्न दिल्ली सरकारद्वारा बोलपत्र आह्वान — OSNepal

एक करोड खोप किन्न दिल्ली सरकारद्वारा बोलपत्र आह्वान

LC (KTM) May 29, 2021 0

नयाँ दिल्ली, १५ जेठ- भारतको दिल्ली प्रदेश सरकारले कोरोना विरुद्धको एक करोड खोप किन्नका लागि बोलपत्र आह्वान गरेको छ । देशको केन्द्रीय राजधानीसमेत पर्ने दिल्ली सरकारले आपतकालिन “ग्लोवल टेन्टर” आह्वान गरेको अधिकारीहरुले जनाएका छन् । जनरल स्वास्थ्य सेवा निर्देशनालयद्वारा प्रकाशित बोलपत्रमा आगामी जुन ७ गते बेलुका ५ बजेसम्म बोलपत्रका लागि फाराम भर्न सकिने समयावधि तोकिएको छ ।

भारत सरकारको आधिकारीक निकायले प्रयोगका लागि अनुमति दिएको खोप मात्रै खरिद गर्नु पर्ने बोलपत्रमा उल्लेख गरिएको छ । बोलपत्र इमेलमार्फत् भर्न सकिने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाको महामारी नियन्त्रण हुन नसकेको र फेरि तेस्रो चरणको महामारी फैलिने खतरा रहेकाले खोप खरिदलाई प्राथमिकता दिइएको प्रदेश सरकारले जनाएको छ ।

केन्द्रीय सरकारको प्रयास र भारतमा उत्पादन भइरहेको खोपले मात्रै तत्कालको आवश्यकता पुरा नहुने भएकाले विश्वाव्यापी बोलपत्र आह्वान गरिएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामरी नियन्त्रणको एउटा कडिकै रुपमा खोप खरिद प्रक्रियालाई लिइएको समाचारमा उल्लेख गरिएको छ । दिल्ली सरकारका अनुसार अहिले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायतका कर्मचारीहरुलाई दुई लाख ६५ हजार १० कोभिसिल्ड खोप उपलब्ध गराइएको छ । त्यस बाहेक दिल्लीका अरु ५२ लाख ६४ हजार २३२ खोप प्रयोग भइसकेको छ । (रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर