सत्तारुढ पार्टीको चुनाव : मतपत्र सकिएर दुई पटक रोकियो भोटिङ ! — OSNepal

सत्तारुढ पार्टीको चुनाव : मतपत्र सकिएर दुई पटक रोकियो भोटिङ !

LC (KTM) December 13, 2021 0

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको छ । देशकै सबैभन्दा पूरानो र सत्ताको नेतृत्व गरिरहेको पार्टीको मतदान भने अव्यवस्थित देखिएको छ ।

विहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान मध्याह्न १२ बजेसम्म मतपत्र छपाइका कारण रोकिएको थियो । मतदान सुरु भए पनि उम्मेदवार धेरै भएकाले धेरैवटा मतपत्रको व्यवस्था रहेको छ ।

मतदान गर्न एक जना प्रतिनिधिलाई आधा घण्टादेखि १ घण्टासम्मको समय लागेको छ । तर, लगातार मतदान हुन सकिरहेको छैन । मतदान जारी रहँदा मतपत्र सकिएको भन्दै दुई पटक मतदान केही समयका लागि रोकिएर पुन: सुचारु भएको छ ।

राष्ट्रिय सभा गृहमा एक र भृकुटीमण्डपमा दुई गरी तीनवटा मतदान केन्द्रमा मतदान भइरहेको छ । मतदान बेलुका ९ बजेसम्म हुने भनिएको छ । ४ हजार ७४३ प्रतिनिधिले मतदान गर्ने छन् । सात बजेसम्म ३ हजार करिबले मतदान गरेका छन् । कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर