कांग्रेसमा अब 'बा’को लिस्टको कुनै अर्थ छैन : गगन थापा — OSNepal

कांग्रेसमा अब ‘बा’को लिस्टको कुनै अर्थ छैन : गगन थापा

LC (KTM) December 12, 2021 0

काठमाडौं २६ मंसिर । नेपाली कांग्रेको जारी १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापाले वर्तमान सभापति शेरबहादुर देउवालाई ‘बा’ को संकेत दिएका छन् ।

शेखर कोइराला समुहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थापाले आज आइतबार पत्रकार सम्मेलनमा कांग्रेसमा अब ‘बा’को लिस्टको कुनै अर्थ नहुने बताएका छन् ।

एमालेलका प्रतिनिधिहरुले जस्तो कांग्रेसका प्रतिनिधिहरुले बा को लिस्ट पर्खेर नबस्ने भन्दै थापाले अब देउवा बाको लिस्टको कुनै अर्थ नभएको बताएका हुन् ।

‘एमालेको महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरु नारायणी किनारबाट होटल हेरेर ‘बा’ले कुन लिस्ट ल्याउनुहुन्छ भनेर पर्खेर बसेका देखिन्थे । तर कांग्रेसमा त्यस्तो छैन ।’ थापाले पत्रकार सम्मेलनमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर