प्रधानमन्त्री र पार्टी सभापति फरक फरक व्यक्ति हुँदा सरकार र पार्टी दुबै कमजोर हुन्छ : देउवा — OSNepal

प्रधानमन्त्री र पार्टी सभापति फरक फरक व्यक्ति हुँदा सरकार र पार्टी दुबै कमजोर हुन्छ : देउवा

LC (KTM) December 12, 2021 0

काठमाडौं २६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएका वर्तमान सभापति समेत रहेका शेरबहादुर देउवाले आफु यस पटक पनि सभापति बने तीन तहको निर्वाचन जिताउने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री समेत रहेका देउवा प्रधानमन्त्री र पार्टी सभापति छुट्टा छुट्टै व्यक्ती भयो भने सरकार र पार्टी दुबै कमजोर हुने इतिहासले बताएको भन्दै उनले भनेका छन्, ‘ देउवाको हार जितको विषय होइन, प्रजातन्त्र बचाउनुछ, काङ्ग्रेसलाई जिताउनुछ ।’

 भोली सोमबार हुने   निवार्चनमा सभापतिको लागि  देउवासँगै डा। शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उम्मेदवार  दर्ता  गराएका  छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर