प्रदेश एकमा ३४ जनामा संक्रमण , १ जनाको मृत्यु — OSNepal

प्रदेश एकमा ३४ जनामा संक्रमण , १ जनाको मृत्यु

LC (KTM) December 12, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४ जनामा कोरोना संक्रमण भएको छ । ६२६ जनाको पीसीआर परीक्षण गर्दा ३२ र १४५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापामा ६, सुनसरीमा ३ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७, लेटाङ, बेलबारी र उर्लाबारीमा १–१, झापाको दमक र विर्तामोडमा २–२, बुद्धशान्ति र मेचीनगरमा १–१ जनामा संक्रमण देखिएको छ । सुनसरीको दुहवी, बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८ महिला र ६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर