आजको प्रतिनिधिसभा बैठकमा नेपाल समूह अनुपस्थित हुने — OSNepal

आजको प्रतिनिधिसभा बैठकमा नेपाल समूह अनुपस्थित हुने

LC (KTM) May 10, 2021 0

काठमाडौँ, २७ वैशाख- नेकपा(एमाले) माधवकुमार नेपाल समूहका सांसद आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारस्थित संसद् भवनमा बसेको सो समूहको बैठकले प्रधानमन्त्री ओलीले संविधान मिचेर प्रतिनिधिसभाको विघटन गरेको, राजनीतिक दललाई विभाजन गराउन खोजेको र भ्रष्टाचारलाई बढावा दिएको आरोप लगाउँदै विश्वासको मत नदिने निर्णय गरेको हो ।

विश्वासको मत लिने एक दिन अगाडि अध्यादेशबाट संवैधानिक अङ्गमा नियुक्ति गरेको तथा लोकतन्त्रलाई कमजोर तुल्याएको आरोप लगाउँदै आफूहरुले उहाँलाई विश्वासको मत दिनुहुन्न भन्ने निर्णय गरेको र उहाँ प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने माग गरेको नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । सो समूहमा २२ जना प्रतिनिधिसभा सदस्य रहेको जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर