बलिउड अभिनेता विक्की कौशल भिन्टेज कारमा यसरी मण्डप पुगेका थिए — OSNepal

बलिउड अभिनेता विक्की कौशल भिन्टेज कारमा यसरी मण्डप पुगेका थिए

LC (KTM) December 12, 2021 0

बलिउड अभिनेत्री कट्रिना कैफले विक्की कौशलसँग सात फेरो लिएकी छिन् । दुबै जोडीको बिबाह २०२१ को सबैभन्दा चर्चित विषय बनेको छ। केही महिनादेखि यी दुवै जोडीको विवाहको चर्चा चलिरहेको थियो । अब अन्ततः दुवै एक अर्काका भएका छन् । डिसेम्बर ७ देखि ९ सम्म उनीहरुको विवाहका सबै संस्कार सम्पन्न भएका थिए ।

डिसेम्बर ९ मा दुवैले सिक्स सेन्स फोर्ट बर्वारामा विवाह गरेका थिए । मेहन्दी, हल्दीदेखि विवाहसम्मका धेरै तस्विरहरु सामाजिक सञ्जालमा आएका छन् । कबीर खान, मिनी माथुर बिहेमा सहभागी भएका थिए । तर, ओमिक्रोनका कारण बलउिड उद्योगका धेरै मानिस उनको विवाहमा सहभागी हुन सकेनन् । कट्रिना र विक्की दुबैले चाँडै मुम्बईमा रिसेप्शन आयोजना गर्दै छन् ।

जहाँ उद्योगका सबै सहभागी हुनेछन्। भारतीय संचारमारिपोर्टका अनुसार विक्की कौशल भिन्टेज कारमा मण्डप पुगेका थिए । जुलुस उनिहरु संगै उपस्थित थिए,जसमा विक्कीका बुवा, भाइ सन्नी कौशल र आमा लगायतका साथीहरु संलग्न थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर